ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’
मानवताको प्रश्न
केही काम विशेषले सडकमा हिँड्दै थिएँ सुस्तरी
देखेँ बालक एक रोइरहँदो घोप्टो परी धर्धरी
आमाका स्तनमा लगाइ मुख त्यो तान्दै थियो जोडले
थोपै दूध नआउँदा मरिमरी रुन्थ्यो कठै भोकले ! ।।१।।
आमाचाहिँ भने अचेत भुइँमा नाङ्गै– भुतुङ्गै थिइन्
आधा वस्त्र शरीरमाथि रहँदा सर्वाङ्ग ह्वाङ्गै थिइन्
बोल्ने शक्ति थिएन, हात दुइटै मुट्ठी कसेकी थिइन्
मुर्दातुल्य बनी खुला सडक नै ढाकी बसेकी थिइन् ।।२।।
मात्रै बाइस– बीस वर्ष वयकी ती षोडशी सुन्दरी
विश्वामित्र र मेनका दुइवटा प्रेमी थिए ती अघि
जन्म्यो बालक एक औसर मिल्यो आमा बनिन् तैपनि
भो दुर्दान्त कथा–ब्यथा प्रकृतिको अन्यायजस्तै बनी ।।३।।
हेर्नेको रमिता थियो सडकमा जात्रा चलेभैmँ त्यहाँ
गर्थे आपसमा मुखामुख कुरा ज्यादा नराम्रा त्यहाँ
वेश्या, पातर हो भनेर कति ता छौाडासरी ठान्दथे
‘यो नासो कसको लिएर अहिले आई यहाँ’ भन्दथे ।।४।।
छोएमा पनि जात जान्छ कि भनी टाढा भई बस्दथे
हेर्दामा पनि बात लाग्छ कि भनी बाटो कुनै लाग्दथे
देख्ता सज्जन लाग्दथे कतिजना सोच्ने अरूको हित
यौटासम्म थिएन मानिस दिने कोही दयाको भिख ।।५।।
क्वै भन्थे प्रहरी लगाउनुप¥यो पक्रेर पाता कसी
पानी–सिस्नु ग¥यो भने सब कुरा निस्कन्छ साक्षी दसी
बोल्थे जे पनि भीडमा थरिथरी आक्षेपका शब्दले
लाग्थ्यो मानवता रुँदै धरधरी मर्दैछ बेअर्थले ।।६।।
मानवताको प्रश्न
खोजेनन् तर बाबुचाहिँ कुन हो ? त्यो बस्छ ऐले कहाँ ?
के के गर्दछ काम–काज उसले या खान्छ हल्ली यहाँ ?
डाँका, चोर, विवेकहीन अथवा गुण्डा– लफङ्गा हुँदा
यस्तो हालत प्रेमिका उपरमा पर्दा भयो बेपता ।।७।।
सोचेँ गौर गरेर खूब मनले देखेर वृत्तान्त यो
मेरो अन्तरआत्म रुन्छ, घटना बिर्सेर बिर्सिन्न त्यो
नारी मात्र छ भागिदार कसरी सम्पूर्ण त्यो दोषको ?
यस्तै हो पुरुषार्थ भन्नु कसरी जोचाहिँ भू–भार हो ! ।।८।।
छैनन् कानुन, सम्विधान, मुलुकी त्यो ऐनमा यो कुरा
कार्वाही पनि हुन्न प्राय यसमा को हेर्छ गाँठी कुरा ?
स्वार्थी प्रेम गरेर मानिसहरू धोका दिने धेर छन्
मान्छेको अधिकार छैन तर यी संस्था क्रियाशील छन् ।।९।।
महाकवि देवकोटा आश्रम, काठमाडौं ।
मानवताको प्रश्न
Post a Comment