Header Ads


Ratnanidhi Regmi Shukracharya

मानवताको प्रश्न ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’ केही काम विशेषले सडकमा हिँड्दै थिएँ सुस्तरी देखेँ बालक एक रोइरहँदो घोप्टो परी धर्धरी आमाका स्तनमा लगाइ मुख त्यो तान्दै थियो जोडले थोपै दूध नआउँदा मरिमरी रुन्थ्यो कठै भोकले ! ।।१।। आमाचाहिँ भने अचेत भुइँमा नाङ्गै– भुतुङ्गै थिइन् आधा वस्त्र शरीरमाथि रहँदा सर्वाङ्ग ह्वाङ्गै थिइन् बोल्ने शक्ति थिएन, हात दुइटै मुट्ठी कसेकी थिइन् मुर्दातुल्य बनी खुला सडक नै ढाकी बसेकी थिइन् ।।२।। मात्रै बाइस– बीस वर्ष वयकी ती षोडशी सुन्दरी विश्वामित्र र मेनका दुइवटा प्रेमी थिए ती अघि जन्म्यो बालक एक औसर मिल्यो आमा बनिन् तैपनि भो दुर्दान्त कथा–ब्यथा प्रकृतिको अन्यायजस्तै बनी ।।३।। हेर्नेको रमिता थियो सडकमा जात्रा चलेभैmँ त्यहाँ गर्थे आपसमा मुखामुख कुरा ज्यादा नराम्रा त्यहाँ वेश्या, पातर हो भनेर कति ता छौाडासरी ठान्दथे ‘यो नासो कसको लिएर अहिले आई यहाँ’ भन्दथे ।।४।। छोएमा पनि जात जान्छ कि भनी टाढा भई बस्दथे हेर्दामा पनि बात लाग्छ कि भनी बाटो कुनै लाग्दथे देख्ता सज्जन लाग्दथे कतिजना सोच्ने अरूको हित यौटासम्म थिएन मानिस दिने कोही दयाको भिख ।।५।। क्वै भन्थे प्रहरी लगाउनुप¥यो पक्रेर पाता कसी पानी–सिस्नु ग¥यो भने सब कुरा निस्कन्छ साक्षी दसी बोल्थे जे पनि भीडमा थरिथरी आक्षेपका शब्दले लाग्थ्यो मानवता रुँदै धरधरी मर्दैछ बेअर्थले ।।६।। खोजेनन् तर बाबुचाहिँ कुन हो ? त्यो बस्छ ऐले कहाँ ? के के गर्दछ काम–काज उसले या खान्छ हल्ली यहाँ ? डाँका, चोर, विवेकहीन अथवा गुण्डा– लफङ्गा हुँदा यस्तो हालत प्रेमिका उपरमा पर्दा भयो बेपता ।।७।। सोचेँ गौर गरेर खूब मनले देखेर वृत्तान्त यो मेरो अन्तरआत्म रुन्छ, घटना बिर्सेर बिर्सिन्न त्यो नारी मात्र छ भागिदार कसरी सम्पूर्ण त्यो दोषको ? यस्तै हो पुरुषार्थ भन्नु कसरी जोचाहिँ भू–भार हो ! ।।८।। छैनन् कानुन, सम्विधान, मुलुकी त्यो ऐनमा यो कुरा कार्वाही पनि हुन्न प्राय यसमा को हेर्छ गाँठी कुरा ? स्वार्थी प्रेम गरेर मानिसहरू धोका दिने धेर छन् मान्छेको अधिकार छैन तर यी संस्था क्रियाशील छन् ।।९।। महाकवि देवकोटा आश्रम, काठमाडौं । भ(mबष्स् िकजगपचबअजबचथब२थबजयय।अयm शहीद दिवसमा कवि गोष्ठी मानव अधिकार तथा शान्ति समाजले गत माघ २७ गते शहीदहरूको सम्झनामा आफ्नो नियमित ५२ औं शृंखला शान्ति काव्य प्रवाह सम्पन्न ग¥यो । गजलकार ज्ञानुवाकर पौडेलको विशेष आतिथ्य तथा शान्ति समाजका अध्यक्ष गंगाधर अधिकारीको अध्यक्षतामा भएको विशेष कवि गोष्ठीमा रामबहादुर पहाडी, कृष्ण पहाडी, भाग्यशाली अधिकारी, प्रकाशमणि दाहाल, ज्यो. रत्ननिधि रेग्मी शुक्राचार्य, राजेन्द्रप्रसाद अधिकारी, मेनका पोखरेल, जसध्वज गुरुङ, लक्ष्मी ऐडी, कृष्ण कँडेल, निराजन तिमिल्सिना, ओमप्रसाद कोइराला, मुकुन्द न्यौपाने, चन्द्रश्री कार्की, पुण्य गौतम विश्वास, ऋचा, रश्मि रिमाल, रामेश्वरी पन्त, रुद्र अधिकारी, बाबुराम लामिछाने, भुवन शिवाकोटी, व्रह्मप्रिय प्रेमस्वरूप, मुकुन्द पौडेल, विजयध्वज थापा, शिवलक्ष्मी थापा र पुष्पा धमला आदिले कविता, गीत, गजल र मुक्तकहरू वाचन गरे भने जगन्नाथ पुडासैनी, ज्ञानु आचार्य, जनकप्रसाद भण्डारी, यदुप्रसाद खतिवडा आदिले विभिन्न प्रकारको सेवा प्रदान गरेका थिए । शान्ति समाजले लागू पदार्थ दुव्र्यसन विरुद्ध जागरण अभियान शुरु गरेको विज्ञप्ति पनि जारी गरेको थियो । प्रेम दिवसमा कवि गोष्ठी भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवसको अवसर पारेर पुष्पपराग साहित्य प्रतिष्ठान लोकन्थलीले ओम ज्ञान मन्दिरमा एक कवि गोष्ठीको आयोजना गरी मनायो । सभापति र प्रमुख आतिथ्य नराख्ने र सोभैm कवि गोष्ठी गर्ने परम्परा अनुरुप भागवत् आचार्य, डा. घनश्याम परिश्रमी, ज्यो. रत्ननिधि रेग्मी शुक्राचार्य, जित कार्की, प्रमोद प्रधान, डम्बर घिमिरे, निराजन तिमिल्सिना, अस्मिता खनाल, राधिका पन्त, एञ्जिला अधिकारी, व्रह्मप्रिय प्रेमस्वरुप, भुवन शिवाकोटी, जयन्ता पोखरेल, भगवती रोकाय, रञ्जिता थापा, उर्मिला कोइराला, प्रदीप मैनाली, लीलाराज दाहाल, रामचन्द्र शिवाकोटी, तोयनाथ भट्ट आदिले कविता, गीत, गजल वाचन गरेका थिए । प्रतिष्ठानका अध्यक्ष डा. यज्ञेश्वर निरौलाले धन्यवाद ज्ञापन गरेका थिए । रत्ननिधि रेग्मीबाट

No comments