Header Ads


राशिफल- २०७३ माघ ०१ गते देखि मसान्त सम्मकाे

राशिफल- २०७३ माघ ०१ गते देखि मसान्त सम्मकाे श्री गणेशाय नमः श्री सं. २०७३ साल माघ महिनाको १२ राशिको राशिफल हो । जनवरी १४ देखि फेबवरी ११ तारिक सम्मको रासिफल हो । संखुुवा–सभा चैनपुर सिद्धकाली ८ चित्लाङमा जन्म २००८।४।१५ ता ३०।७।१९५९३ लेखकः ज्यों. डा. देवि प्रसाद खनाल १५३ जयन्ती मार्ग, बत्तिस पुतलि काठमाण्डौ नेपाल अध्ययन बनारस काठमाण्डौ आचार्य ज्यो चर्मशात्र इतिहास पुरण वास्तुविद राजपंडित फो. ४४८४९६८ मो. ९८४१३३८६९९, ९८१८४४२४९९ विज्ञः–धार्मिक सांस्कृतिक पौराणिक ज्योतिष बास्तु सम्बन्धि परामर्स दाता देशविदेश धेरै ठाँउबाट अवार्ड मेडल सम्मान
प्राप्त कर्ता अध्यक्ष गोजि पात्रो भित्ते पात्रो प्रकाशन सनातन धर्मसंस्कार चाडवार्ड संरक्षण समिति नेपाल धेरै सस्थाहरुमा आवद्ध रहिआउनु भएका गुरु डा. देवि प्रसाद खनाल राष्ट्रिय ज्योतिष विज्ञान सेवा समितिका संस्थापक उपाध्यक्ष बौदिक सनातन कर्मकाण्ड महासंघका संस्थापक उपाध्यक्ष अरुण उपत्यका लोक सांस्कृतिक केन्द्र नेपालका संस्थापक उपाध्यक्ष नेपालि लोक संस्कृति केन्द्र नेपालका संस्थापक उपाध्यक्ष दक्षिण एसियाली ज्यो. म. संघका सदस्य अन्तराष्ट्रिउ ज्योतिष संघ भारत बंगलादेश श्रीलंका स. सदस्य हिमालय टाइम्सका ज्योतिष कलमिष्ट लेखक १० वर्ष गरेको विभिन्न ज्योतिष पत्रिकाहरुका लेखक प्रकाशन समेत ज्योतिष परिषद नेपालका संस्थापक सहल्लाकार आदि । श्री गणेशाय नमः श्री सरस्वत्यै नमः तपाइको भविष्य यो महिनाको हेर्नुहोस् २०७३ साल माघ १ गते देखि मसान्तसम्मको मेष : यो माघ महिना आर्थिक पक्ष राम्रो छ । स्वास्थ्य पक्ष त्यति उत्तम नरहन सक्दछ । पारिवारिक झमेला टार्न सकिन्छ । सामाजिक र सरकारी पक्षभने राम्रो रहने छ । शिक्षातर्फ मेहनतले मात्र सफल हुन सत्तछ । व्यापार पक्ष होसले काम गर्दा राम्रो हुनेछ । ख्यालगर्नु पर्ने ५/९/२०/११/२३/२८ गते सावधान अरु दिन मान प्रतिष्ठा यश मिल्नेछ । छाड्दो औढेया लाइपनि नर्बिसुहोला । गुरुबल ( बक्रकम भएर ) मिल्नेछ । पिपल भैरब पुजागर्ने बृष : यो माघ महिना तपाइलई अपमानित भएर पनि काम सफल भएरै छाड्ने छ । मिहेनत त गरिरहनु पर्छ , पारिवारिक सहयोगले काम सफल हुन्छ । मान्यजनलाई कष्ट बड्ला । सामाजिक, सरकारी पक्षबाट असहयोग हुनसक्छ । शिक्षतर्फ राम्रै रहनेछ । व्यापारमा होस् पु¥याउँनु पर्ला राम्रै लाभ हुनेछ । बिचार प¥याउने दिनहरु ७/८/१२/१३/२१/२२ र २९ गते साबधान भएर काम यात्रा व्यवसाय गर्नु राम्रो होला । देवीको पुजादर्शन गर्दा राम्रो होला । मिथुन : यो महिना तपाइको लागि स्वास्थ्य सम्बन्धी समस्या वा चोट लाग्न सक्दछ । आर्थिक पक्ष राम्रो रहनेछ । सरकारी सेवापक्षमा मीठोबोली गर्दा राम्रो होला । शिक्षातर्फ मिहेनतले सफलता दिन्छ । व्यवसाय व्यापारीहरुमा विवाद÷यात्रामा खर्च भ्रमण योग परेको छ । पारिवारिक टर्ने छ । रोग चोट खर्च भयबाट निम्नदिन मा सावधान रहनु पर्ला । १ गते४ देखि ८ गते १४/१५/१६/२३/२४गते अरु दिन शुभलाभ दायक , सफल , आफन्तसंग भेट रमइलो हुनेछ । कर्कट : रमाइलो यो महिना छ । तपाई धेरै घुम्न , भोज पाटी , शुभकाममा जान पाउँनु हुनेछ । व्यावसाय बढ्ने लाभ लाभकारी हुनेछ । तर स्वास्थ्य तर्फ ख्याल राख्नु होला । नातेदारहरुमा दुःख पर्ला सरकारी कार्यमा .स्याबासी पाइन्छ । शैक्षिक तर्फ आलस्य बढ्ला । पारिवारिक सुख छ । सावधान रहने दिन ७/८/१२/१६/१७/१८/२५/२६गते बाहेक अरु दिन शुभ लाभकारी रहनेछन् । भैरव दुर्गाको उपसना गर्ने सिंह : यो माघ महिन तपाइको लागी साह्रै राम्रो छ । घुमफीर शुभयात्रा होला शत्रुमाथी बिजय पाइएला । आर्थिक पक्ष भने अलिक होस् पु¥याएर खर्च गर्नुपर्ला । शैक्षिक , सामाजिक पक्षमा सफल सहज हुनेछ । मित्रहरु बढ्नेछन् । रिस् उठेर झगडा पर्ला होस् गर्नुृ होला । तपाइको शीरमा राहु छ बाहुमा शनि पाउमा केतु स्वस्तिशान्ति गराउदा राम्रो रहला । पारिवारिक पक्ष सन्तोषजनक रहनेछ । १/९/१९/२०/२७/२८ गते सावधान रहनुपर्ला । कन्या : यो माघ महिना तपाइको लागि आर्थिक लाभ रहनेछ । सुख र सन्तोष नरहन सक्दछ । मान्यजनको सम्मान गर्नुहोला आफलाई फाइदा हुनेछ । बारौँ राहुले खर्च आर्थिक अनाबश्यक ठाउँमा गराउँन शक्दछ होस् गर्नु पर्छ । पारिवारिक सुख कम रहन्छ । स्वास्थ्य कमजोर देखिन्छ । शैक्षिक प्रगतिमा प्रतिष्ठा पाइन्छ । सरकारी सम्मान वृद्धि हुनेछ । २/३/७/८/१२/१३/१४/१७/१८/२१/२२/२९ गते अलिक सावधान रहनु पर्ला अरु दिन शुभ छन् । लक्ष्मी नारायणको उपसना गर्दा राम्रो हुनेछ ।
तुलाः तपाइको यो महिनामा केही अपयस आएपनि काम सजिलै बन्ने छ । व्यवसाय सर्भिस व्यापारदिमा सुख सहयोग बाट लाभ हुनेछ । मानप्रतिष्ठा बृद्धि हुनेछ । शैक्षिक सामाजिक पक्ष धेरै राम्रो हुनेछ । अन्त्य साडे सतीशनिको उपसना गर्दा सुख बढ्नेछ । पारिवारिक सुख सन्तोष हुनेछ । सरकारी कार्यजमीन सम्बन्धी बिजय हुनेछ । आफन्तबाट सावधान रहनुपर्ला लिन दिनमा सचेत सहुनु होला । यो महिनामो ४/५/६/९/१०/१४/१५/२३/२४ गते अलिक सावधान रहनुपर्ला अरुशुभ । बृश्चिकः यो महिना तपाइले शनी राहु केतुको पीडा शान्ति गर्नु पर्छ । भयबाट मुत्ति पाइएला । सरकारी कार्यमा अपमानित हुन सक्ने छ सावधान रहनुहोला । सामाजिक पक्ष राम्रो छ । आर्थिक पक्ष सन्तोषजनक रहनेछ । परिसानी भएपनि भित्र सहयोगबाट शान्ति होला । बिध्न परे पनि नआत्तिहोला । शैक्षिक पक्ष राम्रै रहने प्रतिष्ठा हुने बृद्धि हुनेछ । यात्रासफल व्यापार व्यावसाय राम्रै रहनेछ । ६/७/८/१२/१३/१६/१७/१८/२१/२२/२५/२६ गते सतर्कता अपनाउन राम्रो हुनेछ । गणेश उपासना सर्वोत्तम हुनेछ । धनु : यो महिना तपाइको लागि त्यति भने जस्तो नहुन सत्तदछ । परिश्रम विशेष शनि शीरबाट उत्रीन लागेको हुदा ः शारीरिक पीडा झै झमेला बढ्न सक्दछ । आफन्तमा विवाद न्यायमा पनि कमि होला , मानसम्मानमा बिरोध आउन सक्दछ । शैक्षिक सफल व्यवसाय व्यापारदिमा कठिन यात्रामा विलम्ब , केही घटना सुन्नु पर्ला । गुण शनीको शान्ती बगलमुखी उपसनाबाट सहज हुन सक्छ । १/२/३/९/१०/११/१४/१४/१५/१८/१९/२३/२४/२७/२८ गते सावधान भएर काम गर्नु उपयुक्त हुने छ । अरुदिन शुभ । मकर : यो महिना तपाइको लागी मध्यम खालको रहनेछ स्थानिय परिवर्तन यात्राको योग परेको छ । बैदेशिक पक्ष राम्रो छ । सामाजिक आर्थिक पक्ष मध्यम खालको रहनेछ । शैक्षिक क्षेत्र राम्रो रहनेछ । मान –सम्मान प्रतिष्ठा बृद्धि हुनेछ । दोस्रो केतु आठौ राहुले शारीरिक पीडा गर्छ । शान्ति गर्दा राम्रो शनिले शीर छुन लागेको छ । सावधान रहनु पर्छ । पारिवारिक सुख रहने छ । धार्मिक कार्यबाट यश बढ्ने छ यो महिनामा २/३/४/५११/१२/१३/१७/१८/२१/२२/२५/२६/२९ गते सावधान सहनु होला । कुम्भ : यो महिना तपाइको लागि सामान्यतय राम्रै रहनेछ । खर्चपनि हुनेछ । आयश्रोत बढ्नेछ । व्यापारिदिबाट र यात्राबाट लाभ हुनेछ । शारीरिक पीडा रहनेछ , राहु केतुको शान्ति बात स्वास्थ्य रहन सकिन्छ । नयाँ वस्त्र लागाउन पाइन्छ । शैशिक क्षेत्र सरकारी विसमताले चिन्ता गराउन सक्दछ । केही कठिनाईका दिनहरु १/४/५/६/१४/१५/१९/२०/२३/२४/२७/२८ गते सावधान रहनु पर्छ ।अरु दिन राम्रो छ । मीन : यो महिना खर्च भन्दा आम्दानी बढी हुने छ । यात्रामा कठिनाई पर्ला । पारिवारिक सुख रहनेछ । धार्मिक कार्यमा कठिनाई व्यवधान पर्न सक्दछ । शैक्षिक , सामाजिक कार्य सफल हुनेछ । नीजिकार्यमा सावधान रहनुपर्छ । सरकारी कार्यमा स्थान परिवर्तन वा यात्रा गर्नु पर्ला राननैतिक परिवर्तन आउन सक्छ । आफन्तको आश नगरेपनि हुन्छ । शत्रु बढ्न सक्दछन् सावधान रहनुहोला । २/३/६/७/८/९/१६/१७/१८/२१/२२/२५/२६/२९गते दिन छन् । बगलामुखीको उपसनाबाट राम्रो हुनेछ ।

No comments