Header Ads


जानी राखाैं है ! (अनुसन्धानमुलक लेख




loading...
धामी झाँक्री भनेका काे र कस्ताे क्षमता भएका व्यक्ति हुन् ? नेपाली लाेक जीवनमा धामी, झाँक्रीकाे विशेष पहिचान र महत्व रहेकाे छ । फरक-फरक जात जातिले धामी झाँक्रीलार्इ फरक-फरक नामहरूले पुकार्दछन् । खसले धामी, अाेझा-विजुवा, किरात खुम्वू (रार्इ) ले नछुङ, नाक्छाेङ, ङाेपा, किरात लिम्वूले साम्वा, फेदाङ्मा, किरात सुनुवारले नासाे (फुङ्माे-ङिमी), किरात याक्खाले माङङ्वा, चाम्वा, जिरेलले फाेम्पाे, लेप्चाले पदेम-मुन, तमाङले वाेन्पाे, वाेन्वाे, गुरूङले क्लिबे, चेपाङ, थकालीले पाँडे, थारूले गर्वा, भर्रा, राजीले गुरूवा, भुजेलले झाँक्री, काठ भाेटेले लाेवेन अादि नामहरूले पुकार्दछन् ।
loading...
धामी झाँक्री विद्या अध्ययन गरेर प्राप्त गर्न सकिने विद्या हाेइन । भनिन्छ बनझाँक्रीबाट दिक्षित व्यक्ति यस विद्यामा पारङ्गत हुन्छन् । याे विद्या अघिल्लाे पुस्ताबाट पछिल्लाे पुस्तालार्इ दिक्षित गरेर समेत सार्ने गरिन्छ । कतिपय व्यक्तिहरू कुलकाे वायू उत्रेर धामी भएका भेटिन्छन् । धामी झाँक्रीले प्रकृतिमा विचरण गर्ने अनेक अदृष्य शक्ति प्रति अगाध अास्था र विश्वास राख्दछन् । उनिहरूले पुकारा गर्ने प्रमुख शक्तिहरूमा बुढेनी, सिकारी, बनझाँक्री, कुटुनी, भूत, प्रेत, सिँहे वायू अादि हुन् । भनिन्छ तन्त्रमन्त्र विद्यामा पारङ्गत धामी झाँक्रीले यी शक्तिहरूकाे पुकारा गरी मरण, मारण, उपद्रव, सम्माेहन, वशिकरण, उच्चाटन अादि कार्यहरूमा सफलता प्राप्त गर्ने, पृथ्वीमा हिड्ने, अाकाशमा उड्ने, जलमा उत्पन्न भएका, अाफ्नाे कुलमा उत्पन्न भएका, अर्काले अह्राएकाे मान्ने, डाकिनी,बाेक्सी, अाकाशगामी भयङ्कर वलशाली ग्रह, भूत, प्रेत पिचास अादि शक्तिहरूलार्इ अाफ्नाे वसमा राख्न सक्ने र मानवलार्इ त्यस्ता शक्तिहरूकाे असरबाट मुक्ति दिलाउने सामर्थ्यता राख्दछन् । धामी झाँक्रीले डाकिनी र बाेक्सीलार्इ सत्रु सरह मान्दछन् । धामी झाँक्रीले अाफ्नाे शक्ति प्रस्तुत गर्ने कार्यलार्इ चिन्ता वस्ने भनिन्छ । चिन्ता बस्दा ढाेल-ढ्याङ्ग्राे, झ्याम्टा, काँशकाे थाल, घुँघरू, घण्टी अादि बजाउदै लयात्मक रूपमा मुन्धुम फलाक्ने गर्दछन् । शक्ति उपाशना गर्दा गाैधूप, चाैँरीकाे धूप, गाेकुलधूप, सालधूप, सल्लेधूप, सुनपाती, भैरूङपाती अादि धूपहरूकाे प्रयाेग गरिन्छ । मुल धामी र झाँक्रीकाे भेषभूषामा सेताे जामा र पगरी, पगरीमा लुइचेँकाे प्वाँख, दुम्सीकाे काँडा र फूल, गलामा सर्पकाे हाडकाे माला, रूद्राक्ष माला, बाेधीचीत्तकाे माला अादि धारण गरेका हुन्छन् भने हातमा त्रिशूल र घुङ्ग्रिङ लिएका हुन्छन् । धामी झाँक्रीकाे मुल हतियार जाेर घुङ्ग्रिङ हाे । घुङ्ग्रिङ बाँसकाे हाँगालार्इ दुवैतर्फ खुर्केर वनाइन्छ । धामी झाँक्री विद्यामा सिद्दि प्राप्त गर्ने प्रमुख दिन ऋषितर्पणी पूर्णिमा (जनै पूर्णिमा) काे दिनलार्इ मानिन्छ । यस दिन धामी झाँक्रीहरू हिमालय पर्वतकाे वक्षस्थलमा अवस्थित ताल र पाेखरीहरूमा गएर स्नान गरि विधिपूर्क तन्त्र मन्त्र साधनामा सिद्दी प्राप्त गर्दछन् । अादरणिय मित्रजन अाधुनिक समाजले धामी झाँक्री विद्यालार्इ रूढिवादि परम्पराकाे रूपमा हेर्दै र पाखण्डकाे संज्ञा दिदै अाएकाे छ । किन्तु हामीले हाम्राे सामाजिक पहिचानकाे रूपमा रहेका यसप्रकारका हाम्रा पूर्ख्याैली रितिस्थिति र परम्पराहरूकाे खराव पक्षलार्इ हटाउदै अशल पक्षहरू र यी पक्षहरू सँग सम्वन्धित स्राेतकाे संरक्षण गर्नु हाम्राे परम कर्तव्य हाे ।
loading...

No comments