Header Ads


मानव शरीर परमपिता परमेश्वरको सर्वउत्कृष्ट उपहार


Call Now 01-4416429

loading...
मानव शरीर परमपिता परमेश्वरको सर्वउत्कृष्ट उपहार हो । जीवनको एकमात्र लक्ष्य हाम्रो शरीरभित्रको अव्यक्त देवत्वको दृढतापूर्वक व्यक्त गर्नु वास्तविक सत्ताको साक्षात्कार गर्नु हो । एउटै परमात्मा हरेकको हृदयमा विराजमान छन् । सबैलाई ब्रह्म चेतना दिर्दैसत्कर्मको लागि प्रेरित गरिरहेका छन् । संसारमा मानव शरीरनै यस्तो उत्कृष्ट शरीर हो, जो विश्व चराचरलाई गतिशीलता दिनुका साथै प्राकृतिक न्यायको सिद्धान्तलाई समेत परिचालन गर्न सक्दछ । अहङ्कारलाई त्यागेर आत्मवत् सर्वभूतेषुको भावनाबाट, संसारका समस्त प्राणीहरूले ईश्वरको अस्तित्वलाई स्व्ीाकारेपछि, मनुष्य पापकर्मबाट स्वतः बचिरहेको हुन्छ र गरिएका सम्पूर्ण कर्महरूनै याज्ञिक र ऐतिहासिक कर्म वन्दछन्। यस्ता सत्कर्मको भावनाबाट उसले आफ्ू भित्रको दैवीगुणको समेत अनिवृद्धि गर्दै समाजलाई समेत सामाजिक रूपान्तरण गर्न सक्दछ ।यसबाटनै जीवनको वास्तविकतालाई वुझ्न सकिन्छ । मनुष्य जीवनको सार्थकतानै यसैमा छ ।

Call Now 01-4416429


loading...


No comments